Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

७ मंसिर , काठमाडौँ । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् ।

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै