Comments Add Comment

Advertisment

SKIP THIS

लमही बसपार्कमा रहेको सार्वजनिक सौचालय दिनानुदिन दुर्गन्धित बन्दै नगरपालिका बेखबर ?

८ मंसिर , काठमाडौँ । लमही बसपार्क स्थित सार्वजनिक सौचालय दिनप्रतिदिन दुर्गन्धित बन्दै गएकोछ। सौचालयको सेप्टीटंकी भरिएर ओभरफ्लोले लेदोजन्य फोहर बसपार्कमा छरपस्ट हुँदा ग्राहक तथा साना व्यवसायी आजित भएकाछन।

लमही नगर बिकास समितिले ठेक्कामा दिएको सौचालयको फोहरले संक्रमित रोग फैलिने सम्भावना बढदै गएकोछ। पटकपटक सेप्टीटंकी भरिएर लेदो बग्दा हामी यो फोहरमा बस्न बाध्य भएकाछौं वरपर व्यवसाय गर्ने साना व्यवसायीले भनेकाछन। बिरोध गर्नेहो भने पनि यिनी टहरा हटाइ दिन्छन कि भनेर सहनु परेकोछ एक व्यवसायले नाम उल्लेख नगर्ने सर्तमा भने।

पुर्व पश्चिम ( महेन्द्र ) राजमार्गमा आवागमन गर्ने रात्रि तथा दिवा सेवाका यात्रुहरु समेत फोहर सौचालय प्रयोग गर्न बाध्य भएकाछन। सौचालय साह्रै दुर्गन्धित बनेकोछ,नाक थुनेर बस्नु पर्ने अवस्था आएकोछ, बाहिरै यस्तो दिसापिसाब बगेकोछ शुल्क भने पिसाब गरेको पनि १० रुपैया लिने,सरसफाइ गर्नु पर्दैन भनेर यात्रुहरुले भन्ने गरेकाछन । राजमार्गमा धेरै हिडिन्छ तर पिसाबको दश रुपैया लिने यो लमहीमा मात्र रहेछ एक यात्रुले गुनासो गरे । दुर्गन्धित सौचाल समयमै सरसफाइ नगरे रोगको संक्रमण बढ्ने निश्चितछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै