Comments Add Comment

Advertisment

SKIP THIS

उपेन्द्र यादवद्वारा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन

१४ मंसिर , काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् ।

मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले चुनावमा खेलेको भूमिकाको समेत समीक्षा गर्न अध्यक्ष यादवले निर्देशन दिएका हुन् ।

समानुपातिक र प्रत्यक्ष उम्मेदवारको भूमिका, निर्वाचन बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखापरेका कमी कमजोरीको समेत समीक्षा गरी यथाशिघ्र निर्वाचन क्षेत्र स्तरीय र जिल्लास्तरीय समितिहरुको बैठक बसेर चुनावी समीक्षा गर्न उनले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै