Comments Add Comment

Advertisment

SKIP THIS

लेफ्टिनेन्ट कर्णेल राजन दाहालको कमाण्डमा २१३ जना शान्ति सैनिक सुडान प्रस्थान

१८ मंसिर , काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत युएन मिशन हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

यहीक्रममा मंसिर १८ गते अनमिस मिशन दक्षिण सुडानमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्स मार्फत काठमाण्डौंबाट मिशन क्षेत्रतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिशनमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमामंसिर १७ गते सोही एयरलाइन्स मार्फत स्वदेश आगमन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै