Comments Add Comment

Advertisment

SKIP THIS

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा युवाहरुद्धारा कविता वाचन

२३ मंसिर , काठडमाडौं । युवाका साथ साथ आवाज नेपालले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकाे अवसरमा जनचेतनामुलक कविता वाचन कार्यक्रम आयाेजना भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकृष्ण थापाले उपस्थिति सम्पुर्ण सहभागीहरुलाई स्वागत गर्दै लैङ्गिक हिंसा न्युनिकरणमा युवा पुुस्ताहरु भुमिका निकै रहेकाे र आफै व्यवहार र साेच परिवर्तन गरेर समाज परिवर्तनमा लाग्न पितृसत्तात्मक साेचलाई हटाउन अझै लड्नु पर्ने विचार व्यक्त गर्दै संस्थाका सल्लाहकार दिपक विसुङ्केले युवाहरु नै समाज परिवर्तनको संवाह भएको हुनाले युवाहरु लागे जस्तो सुकै परिवर्तन पनि गर्न सक्ने बताउनुभयाे ।

साथै, कविता वाचन गर्दै कविताहरुमा याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुकाे समस्या, पितृसत्तात्मक साेच, समाजकाे दृष्टिकोण र युवाहरुकाे भुमिका विषयमा दम्दार रुपमा सुर्यविनायक चाेकमा १० जना युवाहरुले कविता वाचन गरि सहभागीहरुलाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको आयाेजक संस्थाले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै