Comments Add Comment

Advertisment

SKIP THIS

धनुषाको कपडा पसलमा आगलागी , झण्डै २० लाख रुपैयाँको क्षति

२४ मंसिर , काठमाडौं । धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हाे । आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् ।

आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment