२४ मंसिर , काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले माग पूरा भए सरकारमा सहभागी हुने बताएको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।
रेशमलाल लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।


