Comments Add Comment

Advertisment

SKIP THIS

प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले वृद्धि

२८ मंसिर , काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।

बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकालो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै