Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे बस दुर्घटनामा घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

२८ मंसिर , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बस दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिका हुन्।

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तीमध्ये १३ जनाको सनाखत भइसकेको छ। २२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै