Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय अभिनेता ओबराय नेपालमा

२९ मंसिर , काठमाडौँ । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय नेपाल घुम्न बुधबार काठमाडौं आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरैपटक आइसक्नुभएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले पाराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै