Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

२९ मंसिर , काठमाडौ । जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

चालक नरबहादुर लामासहित १८ जना घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment