Comments Add Comment

Advertisment

SKIP THIS

मोरक्कोविरुद्ध क्रोएसिया २-१ ले अगाडि

२९ मंसिर , काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ ।

खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन् । खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै