Comments Add Comment

Advertisment

SKIP THIS

शेखर-गगनबीचको छलफल सकियो, जुटेन सहमति

५ पुष , काठमाडौं । संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल सकिएको छ ।

लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी हृदयराम धानीलगायत सहभागी थिए ।

दुई नेताबीच सहमति नजुटेपछि थप छलफलका लागि अनामनगरको बेसेरा होटेलको बस्न लागेको संस्थापनइत्तरको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन शीर्ष नेताहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै