Comments Add Comment

Advertisment

SKIP THIS

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

६ पुष , काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै