चालकको लापर्वाही तथा ट्राफिक प्रहरीको सास्ती ! -
Comments Add Comment

चालकको लापर्वाही तथा ट्राफिक प्रहरीको सास्ती !

७ पुष , काठमाडौं । हुन त , ब्यस्त सडकमा यातायातको साधन चलाउँदा धेरै नै होशियार हुनु पर्छ नै । ब्यस्त सडकमा पैदल यात्रीहरुले जथाभावी बाटो काटिरहेका हुन्छन भने लामो दुरी तथा सहरको ब्यस्त सडकमा अनियन्त्रीत गतिले सवारी साधन चलाउँदा निश्चय नै अनुशासन र नियमको परिधिलाई ध्यान दिनै पर्ने हुन्छ ।

अन्यथा दैनिक जसो ब्यापकरुपमा सवारी दुर्घटनाको खवरहरु सुन्नमा आउँछन । सवारी चलाउँदा ” छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ !” भन्ने उक्तिलाई चालक तथा यात्रुले ख्याल गर्नै पर्ने हुन्छ । अहिले दैनिक जसो यस्ता गम्भीर प्रकृतिका दुर्घटनाहरु चालकको लापर्वाही मात्र नभएर यात्रुहरुको हतारपन पनि जिम्मेवार छ । तथापी काठमांडौ उपत्यका तथा अन्य सहरका कतिपय भित्री सडकहरुमा एकतर्फी मात्र सवारी साधन चलाउने अनुमति छ । तर, कतिपय अन्यत्रबाट आएका चालकहरुलाई एकतर्फी सवारी नियम थाह नहुन सक्छ । यस्तो अवस्थामा ट्राफिकले चेतावानीस्वरुप एक पटक मौका दिनुको सट्टा उल्टो चिनेको मानिस र अलि हट्टा कट्टा देख्यो भने छोडिदिने, स्यावासी, इनाम र प्रमोसन पाउने हेतुले अलि निम्सरो चालक देख्यो भने रु १५००/- को चिट काट्ने कतिपय भरत जिसी जस्ता ट्राफिक प्रहरीको प्रवृत्तिले प्राय: सवारी चालकले सास्ती बेहोर्नु परेको छ ।

यस्तै घटना बल्खु टियु को अफिस अगाडिको सडकमा पनि प्राय: घटिरहन्छ । बल्खुचोकबाट टियु जाने सडकमा मानिसहरु फर्किने क्रममा उक्त साइडतर्फ “एकतर्फी मात्र ” भनेर नोटिस बोर्ड राखिदिएमा सवै सचेत हुने थिए । तर प्राय: सवारी चालकहरु फर्किंदा पनि झुक्किएर त्यही सडक प्रयोग गर्छन । उता भरत जिसी जस्ता ट्राफिक प्रहरीको मूड अनुसार कसैलाई यो एकतर्फी रोड हो उता फर्किएर जाउ भनी कारको चालक तथा मुन्द्रे कुन्ठेलाई छोडिदिने , कसैलाई रु १५००/- को चिट काटेर पठाउने यो कस्तो प्रवृत्ति हो ? के नियम सवैलाई लाग्दैन । उनीहरु सरकारी कर्मचारी भएपछि नियम र कानुनको आँखा सवैलाई वरावरी लाग्नुपर्ने होइन र ? तसर्थ, यस्ता कुराहरुमा ट्राफिकको आँखाबाट सवै सवारी चालकप्रतिको व्यवहार एउटै होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds