Comments Add Comment

Advertisment

SKIP THIS

एक दिन पर सर्‍यो टी-२० लिग क्रिकेट प्रतियोगिता

८ पुष , काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको फाइलन जनवरी ११ मा हुने भएको छ । क्यानले संशोधित खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार शनिबार कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिएको थियो । तर, प्राविधिक तयारी नपुगेको भन्दै एक दिन पछि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै