Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा नेपाली दूतावासको रकम लुटियो

९ पुष , काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासको रकम लुटिएको छ । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासियर चेकहरू गाडी तोडफोड गरी लुटिएको हो ।

दूतावास जनाएअनुसार यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो । जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासियर चेक बुझाएका थिए ।

दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जानेक्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको विज्ञप्तिमा उल्लेख छ । तर कति रकम लुटियो भन्ने खुलाएको छैन ।

विज्ञप्तिअनुसार स्थानीय समय दिउँसो १२ः०३ बजे लुटपाट भएको थियो । घटनालगत्तै दूतावासले स्थानीय सुरक्षा निकायहरूमा जानकारी गराएको छ । सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ, ‘दूतावासले सेवाग्राहीहरूको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरूले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ ।’

साथै दूतावासले कन्सुलर सेवा शिविरबाट सेवा लिएका सबैलाई सेवा प्राप्त गर्दा पेस गरेका मनी अर्डर र क्यासियर चेक सम्भव भए रद्द गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै