१० पुष , काठमाडौं । सत्ता गठबन्धनबीच सरकार गठनका लागि सहमति जुट्न नसकेको अवस्थामा नेताहरु वालकोट धाउन थालेका छन् ।
सत्ता गठबन्धनलाई नजिकबाट नियालिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबाहेकका नेताहरुलाई वालकोट बोलाएर छलफल थालेका छन् ।
आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेसले अडान नछाडेपछि सहमति जुट्न नसकेको हो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आजै ५ बजे सकिँदैछ । तर, समय समय सकिन केही घण्टा मात्र बाँकी हुँदा पनि गठबन्धनबीच कुनै सहमति भएको छैन ।
सत्ता गठबन्धनबीच सहमति हुने छाँटकाँट सकिँदै गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु वालकोट पुगेका छन् । उनीहरुलाई ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी छलफलमा बोलाएको बुझिएको छ ।
१६५ सांसद रहेको प्रतिनिधिसभा सरकार गठन गर्नका लागि १३८ सांसद आवश्यक पर्छ । यदि एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन भएका पुग्छ ।
नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपाका २० र राप्रपासँग १४ गरी १४४ मत रहेको छ । यो संख्या सरकार गठनका लागि बहुमत हो ।




