Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा डेरा खोज्दै सिके राउत

१२ पुष , काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले प्रत्यक्षतर्फ एक सिट जितेको छ। समानुपातिकतर्फ पाँच सिट जितेको राउतको पार्टीसँग ६ सिट रहेको छ। राउतको पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर–डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने।’ जनमत सरकारमा गए पनि राउत भने आफू मन्त्री बनेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै