Comments Add Comment

Advertisment

SKIP THIS

एनआरएनएद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई

१३ पुष , काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ । एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।

उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको कुशल नेतृत्वमा राष्ट्रको आर्थिक र सामाजिक विकासले गति लिने र मुलुक समृद्धि तर्फ उन्मुख हुनेमा संघ विश्वस्त रहेको छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालीन सरकारलगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौँ । साथै नेपाल र नेपाली भएका विश्वभरका देशहरूमा दोश्रो पिँढीका नेपालीलाई नेपालसंग जोडन भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाइ लिनेमा आशावादी छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment