१७ पुष , काठमाडौ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि केही युवाले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।
त्यसयता हरेक वर्ष जनवरी १ मा टोपी दिवश मनाइँदै आएको हो । राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्र प्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल गायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर आज टोपी दिवस मनाएका छन् ।
अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले टोपी दिवस मनाएको उनीहरुको भनाइ छ ।


