Comments Add Comment

Advertisment

SKIP THIS

‘मान्छे बन्न खोज्दैछु मान्छे बन्न दिनुस्’ : नाजिर हुसेन

१७ पुष , काठमाडौ । आज देशभर नेपाली टोपी दिवस मनाइँदैछ । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुसी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । आज सामाजिक सञ्जालमा धेरै नेपालीले टोपी लगाएको तस्बिर शेयर गरेर शभकामना साटासाट गरेका छन् । यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि आफ्नो टोपी लगाएको तस्बिर शेयर गर्दै शुभकामना व्यक्त गरिरहेका छन् ।

अभिनेता नाजिर हुसेनले पनि ढाकाटोपीमा चिटिक्क परेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्बिरसँगै उनले केही मनछुने कुराहरु पनि लेखेका छन्

उनले लेखेका छन – “मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु – तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिमरु तपाई हिन्दू कि मुसलमान रु ओहो, तपाई त तराईबाट आएको भएपनि नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ !”

“फ्याट्ट उत्तर दिन मन लाग्छ, हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा । मान्छे बन्न खोज्दैछु मान्छे बन्न दिनुस । सुन्नुस, म पनि यहि माटोको हो , मेरो शरीरमा पनि रगतनै हो बग्ने, देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ, तपाईलाई जति खुशीलाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ ।हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने, हाम्रो ढाका टोपी जस्तै, सबैको सोच र विचार अग्लियोस १ ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै