२१ पुष , काठमाडौं । गोदावरी नगरपालिकाले नगरभित्र पर्ने कृषि कार्य गरीरहनु भएका कृषकहरुलाई आन्तरीक तथा विषयगत प्रतिस्पर्धाको आधारमा नगर प्रमुख उत्कृष्ट किसान पुरस्कार वितरण कार्यक्रम गर्ने भएकाे छ ।
नगरपालिकाले सूचना निकाल्दै विषयमा तोकिएको न्यूनतम मापदण्ड पुरा गर्नु भएको कृषक , व्यवसायिक फर्महरुले मिति २०७२/१०/०३ गते कार्यालय समय मित्र पशु सेवा साखामा आवेदन दिन सम्बन्धित सबैलाई सूचित गरिन्छ समेत गरेकाे छ ।
विषय तथा मापदण्डहरु
१. गाईपालन ( कम्ति पाँच माउ ) गाई भएको हुनु पर्ने )
२. भैसीपालन ( कम्तिमा पाँच माउ भैंसी भएको हुनु पर्ने )
३. पन्छीपालनमा ( कम्तिमा २००० पन्छी भएको हुनु पर्ने )
४. बाखापालन ( कम्तिमा दश माउ बाखा भएको पर्ने )
५. प्रजननको सांढे ( उमेर कम्तिमा ३ वर्षको भएको हुनुपर्ने )
६.प्रजनन्को राँगो ( उमेर कम्तिमा ३ वर्षको भएको हुनुपर्ने )
७. प्रजननको बोका ( उमेर कम्तिमा १ वर्षको भएको हुनुपर्ने )
८. घाँस खेती ( कम्तिमा बहुबर्षे ३ रोपनीमा र अन्य घांस खेति ३ रोपनीमा हुनु पर्ने )
९ . माछा पालन ( कम्तिमा २०० वर्ग मिटरमा हुनुपर्ने )
१०. ताजा च्याउ उत्पादन ( कम्तिमा ८४० वर्ग फिटमा हुनुपर्ने )
११. आधुनिक फूल खेती ( कम्तिमा २४० वर्ग मिटर हुनुपर्ने )
१२. गोलभेडा खेती ( कम्तिमा १८० वर्ग मिटरमा हुनुपर्ने )
१३. मौरी पालन ( कम्तिमा दश आधुनिक घारमा मौरी हुनुपर्ने )
१४. फलफूलको नर्सरी ( कम्तिमा बार्षिक दश हजार विरुवा उत्पादन गरी बिक्री भएको हुनुपर्ने
१५. फलफूल खेती ( कम्तिमा ३ रोपनीमा खेति गरी उत्पादन सुरु भएको
नाेट : माथि लेखिएका मापदण्डअनुसार आवश्यक पर्ने कागजातहरु नियमित हुनुपर्ने साथै निवेदकको नागरीकताको प्रतिलिपि * गोदावरी नगरपालिका वा वडा कार्यालय फर्म दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी * पान नम्बरको प्रतिलिपी अादि चाहिने छ ।
थप तल सुचना अनुसार,







