Comments Add Comment

Advertisment

SKIP THIS

‘कृषियोग्य जमिनको संरक्षण आवश्यक’

२१ पुष , काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएका छन् । आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले जग्गाको खण्डिकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए ।

उनले भने, ‘कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डिकरण गरी प्लटिङ बढ्दो छ ।’ उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताए । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उनले आग्रह गरे । सामूहिक खेतीमार्फत कृषि उद्यमशीलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाइछ ।

नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उनले बताए । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । उनले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिए ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गरे । उनले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै