Comments Add Comment

काठमाडौँ प्रहरीद्वारा यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ

काठमाडौँ प्रहरीद्वारा यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ यातायात व्यवस्था कार्यालय (माेटरसाइकल), चन्द्रागिरि–५, गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय, काठमाडौं–१३, ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।

काम सजिलै र छिटो गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुल्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

 

उनीहरूले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय, गुर्जुधारा शाखा र ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूलाई बिना इजाजत सेवा लिनेदिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजेको आरोप छ।

छिटोछरितो काम गरिदिने भनी आश्वसन दिने, गर्न नसक्ने कामलाई सरल रूपमा गरिदिने भन्दै जबरजस्ती सेवाग्राहीहरूलाई तानेर सरकारी कामकारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिइरहेको, अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिइरहेको भन्ने गुनासो आएपछि खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौं’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन्। यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै