Comments Add Comment

Advertisment

SKIP THIS

प्लेन ल्याण्डिङ भएको हेर्न गुल्मीको रेसुंगा नगरपालिकाद्वारा बिदाको घोषणा !

२४ पुष , काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकाले प्लेन ल्याण्डिङ भएको हेर्नको लागि नगरपालिकाका सबै सेवा बन्द गरेको छ । आइतबार हुने परीक्षण उडानको लागि नगरपालिकाका सबै सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत असारमा निर्माण सम्पन्न भएको विमानस्थलमा आइतबार यति एयरलाइन्सले परीक्षण उडान गर्दैछ । २०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम गत जेठमा सकिएको थियो ।

२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक(पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको थिएन । आइतबार यति एयरलाइन्सले परीक्षण उडान गर्न लागेको हो । यही उपलक्ष्यमा नगरपालिकाले सेवा बन्द गरेर बिदाको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै