२५ पुष , काठमाडौं । भक्तपुर दधिकोटको एक घरको भान्सामा बिस्फोट हुदा एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका –३ मा रहेको रामप्रसाद थपलियाको घरमा बिस्फोट भएको हो ।
ग्यास सिलिण्डर लिक भएर बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।