२५ पुष , काठमाडौं । गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।
‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् ।
गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् ।