निर्वाचन आयोगका उपसचिव ज्ञवालीको करामत -
Comments Add Comment

निर्वाचन आयोगका उपसचिव ज्ञवालीको करामत

२६ पुष , काठमाडौं । निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली र शाखा अधिकृत विश्वराज दाहालले निर्वाचन सामग्री खरिद प्रक्रियामा करोडौं घोटाला गरेको तथ्य सार्वजनिक हुँदै गएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको निगाहामा आयोगमा काजसरुवा गरी लगिएका ज्ञवाली र दाहालले अरु कुनै पनि कर्मचारीलाई गन्दै नगनी ऐन नियम मिचेर गुणस्तरहीन स्यानीटाइजरदेखि सामान खरिद गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निजहरुको कर्तुतका बारेमा उजुरी परेको बताइएको छ ।

प्रमुख निर्वाचन आयुक्तलाई त काबुमा राखियो, अख्तियार त के हो भन्दै आयोग परिसरमै फूर्ति लगाउने गर्दछन् । सबै खरिद प्रक्रियामा संलग्न ज्ञवाली र दाहाललाई प्रशासन महाशाखा प्रमुख शालीग्राम शर्मा पौडेलले संरक्षण गर्दैआएका छन् । पौडेलकै मातहत ज्ञवाली र दाहाल कार्यरत छन् । बागलुङका पौडेल सहज काममा अप्ठेरो मान्छन् भने आर्थिक स्वार्थसँग गाँसिएको आफूलाई ब्यक्तिगत लाभ हुने निर्णय गर्न भने उनी तुरुन्तै तयार हुने गरेको आरोप छ ।

निर्वाचनका बेला दर्जनौं सहसचिवहरु आयोगमा पौडेलको ठाउँमा सरुवा हुन लालायित थिए । तर प्रमुख निर्वाचन आयुक्त थपलिया र उनकै भेगका आयुक्त इश्वरी पौडेलले साथ दिएपछि दौडमा रहेकाहरुको केही जोड चलेन ।

शालिग्राम नै टिकिरहन सफल भए । आयोगमा यसअघि चर्चा हुने गरेको थियो, कि त पदाधिकारीमा थपलिया र पौडेल । कर्मचारीमा शालिग्राम, ज्ञवाली र दाहालको सिन्डिकेट छ । अहिले पनि त्यो सिन्डिकेट कायम छ । यो समूहले आफ्नो टीमभन्दा बाहिरका कर्मचारीलाई आयोगमा चलखेल गर्न नै दिएनन् । अरु महाशाखाको काममा पनि हस्तक्षेप गरी लाभ लिने गरेको आरोप यो समूहमाथि लाग्दैआएको छ ।

निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठन भइसकेको छ । अहिले शालीग्राम, ज्ञवाली र दाहालको समूह आयोग छाडेर आकर्षक अड्डामा जाने तयारीमा छ । शालिग्राम त अब आफू गृहमन्त्रालय जाने र काठमाडौं वा ललितपुरको सीडीओ हुन्छु भन्ने गरेको ज्ञवालीले सहकर्मीहरुलाई सुनाउने गरेका छन् ।

ज्ञवाली भने विगतमा मध्यपुर ठिमी, सूर्यविनायक जस्ता स्थानीय तहमा बसी अनियमिततामा अनुभव हासिल गरेको र आयोगको खरिदमा करोडौंको लाभ लिएर पुनः अर्को मालदार नगरपालिका टोखा ताकिरहेका छन् । टोखा नगरपाालिकामा सरुवा हुन उनले सेटिङ मिलाइसकेका छन् । दाहाल भने भुक्तानी प्रक्रिया सकेर हिसाबकिताव मिलाई त्यसको ब्यवस्थापन गरेपछि मात्रै आयोग छाड्ने तयारमिा छन् ।

सबै खरिद प्रक्रियामा संलग्न भएका ज्ञवालीमाथि प्रतिस्पर्धामा ठेक्का लिएकाहरुसँग पनि भुक्तानी पश्चात् कम्तीमा २ प्रतिशत कमिसन माग्ने गरेको आरोप छ । ज्ञवाली युवा तथा खेलकुद सचिव सूर्य गौतमका आफन्त पर्दछन् । गौतम र ज्ञवालीले दिदीबहिनी विवाह गरेका हुन् । उनीहरुबीच साथीको जस्तो सम्बन्ध रहिआएको छ । गौतमकै माध्यमबाट थपलियासँग ज्ञवाली निकट हुन पुगेका हुन् । थपलिया र गौतम दुवै संखुवासभाका हुन् ।

सधैं आकर्षक कार्यालयमा, अकूतमा छानबिन कसले गर्ने ?

उपसचिव ज्ञवाली सधैं आकर्षक कार्यालयमा बसी तर मार्ने कर्मचारीका रुपमा चिनिन्छन् । प्रमुख आयुक्त दिनेश थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ज्ञवाली मध्यपुर थिमीदेखि सूर्यबिनायक नगरपालिकामा कार्यरत रहे । निजामती सेवा ऐन अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुने गर्दछ । तर सूर्यबिनायक नगरपालिकाबाट कमल ज्ञवालीको सरुवा ३ बर्षमा पनि भएन ।

आकर्षक बजेट भएका नगरपालिकामा रजगज गर्ने उपसचिवहरूमा १ नम्बरमा ज्ञवाली पर्दछन् । उनी सूर्यविनायकभन्दा पहिला मध्यपुर थिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । थिमीमा हुँदा तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई संघीय सरकारका विरुद्ध भड्काउने र उचाल्ने काम उनैले गरेका थिए । संघीय सरकारले भनेको स्थानीय सरकारले मान्नु हुँदैन भनेर मेयरलाई उचाल्ने काम उनैले गरेकाले पछि उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र श्रेष्ठबीच ठूलो द्वन्द्व सिर्जना भएको थियो ।

ज्ञवालीले थिमीमा हुँदा सम्झौता नै नभएका आयोजनलाई पेस्की भुक्तानी दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि पछि दिनेश थपलियामार्फत् नै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भनेर मिलाउन सफल भएका छन् । थिमीमा उनले धेरै त्यस्ता आयोजनालाई पेस्की भुक्तानी दिएको विषयमा अख्तियारले खोजी गरी मुद्दा चलाउने तयारी गरिसकेपछि एकाएक रोकिन पुगेको स्रोत बताउँछ ।

सूर्यविनायक नगरपाालिकामा पनि उनले थिमीकै जस्तो मनपरी गरे । भक्तपुरका तत्कालीन सांसद तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई प्रभावमा पारी उनले नगरपालिकाको स्रोतसाधनमा ब्रम्हलुट गर्नुसम्म गरेका थिए । नगरपालिकाको बजेटमा मनपरी गर्दै आएका उनी मूलतः कांग्रेसका निकट उपसचिव हुन् । तर उनलाई एमालेले जितेका नगरपालिकामा चरम स्रोतको दुरुपयोग गर्ने मौका महेश बस्नेतले दिएका छन् । स्रोत भन्छ, महेश बस्नेतको लगानी भएका जग्गामा बाटो नभए पनि सरकारी बजेट हाल्ने काममा उनको भूमिका थियो । त्यही भएकाले उनलाई बस्नेतले संरक्षण गर्दैआए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds