गोपी दाहालको ‘दिलको छेउ कुनामा’ प्रेक्षा बानियाँ -
Comments Add Comment

गोपी दाहालको ‘दिलको छेउ कुनामा’ प्रेक्षा बानियाँ

२७ पौष , काठमाडौँ । भुटनीज नेपाली गीतकार गोपी दाहालको नयाँ गीत ‘दिलको छेउ कुनामा’ दर्शकमाझ तथा श्रोतामाझ आएको छ । गीतकार दाहालले भिडियोमा अरुलाई अवसर दिँदै आएमामा यसपटक आफैंले अभिनय गरेका छन् । उनी भन्छन्, ‘अभिनयचाहिँ मेरो रहर मात्र हो ।’

एक दशकभन्दा लामो समयदेखि अमेरिका बस्दै आएका दाहाल यसपटक नेपाल आएर भिडियो बनाएका हुन् । उनले गीतको भिडियोका लागि लोकेशन हिमाली जिल्ला मुस्ताङ रोजे । निर्देशक प्रकाश धितालको टिमलाई लिएर मुस्ताङ पुगेका उनले त्यहाँ तीनवटा गीतको छायाँकन गरेको बताए । जसमध्ये एक हो, ‘दिलको छेउ कुनामा’ ।

भिडियोमा उनीसँगै मोडल प्रेक्षा बानियाँले अभिनय गरेकी छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् । भिडियोमा अश्मी भुजेलको कोरियोग्राफी रहेको छ । गोपी दाहालको शब्द रहेको यस गीतमा सौगातजंग थापाको संगीत र स्वर ममता गुरुङ र सौगातकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds