२७ पौष , काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवरमा बुधबार आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारी सालिकमा माल्यापर्ण गरेकी हुन् ।
विक्रम सम्वत् २०६३ सालदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा कटौती गरेको थियो । तर, पुनः यस वर्षदेखि विदा दिन थालिएको हो ।