नागरिकतामा दोस्रो श्रीमानकाे नाम राख्ने बढे -
Comments Add Comment

नागरिकतामा दोस्रो श्रीमानकाे नाम राख्ने बढे

२७ पौष , काठमाडौँ । रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेको हो ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् ।

जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो । त्यो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो ।

यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेका छन् ।

‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै पालिका तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ’, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै