जीवन आचार्यलाई मन्त्री बनाइएकामा सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनको आपत्ति -
Comments Add Comment

जीवन आचार्यलाई मन्त्री बनाइएकामा सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनको आपत्ति

३० पुष , काठमाडौं । सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनले प्रदेश नं. १ सरकारको मन्त्रिमण्डलमा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई विना विभागीय मन्त्री नियुक्त गरिएकोमा आपत्ती जनाएको छ ।

पाउण्डेशनले विज्ञप्ति जारी गर्दै जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवं लाल र निपूर्ण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको भन्दै आरोप लगाएको हो ।

फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’का ज्वाँई आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने बिकृत अभ्यासलाई प्रेरित गरेको समेत ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो माओवादी संस्कृती हैन । औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन । व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ । निःसन्देह माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेको छ तर यो आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव थिएन । इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ ।’

फाउन्डेसनका महासचिव अटल आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हामी कमरेड अध्यक्षलाई कमरेड माओको कुरा स्मरण गराउन चाहन्छौं । माओ भन्नुहुन्थ्यो, जहाँसम्म पार्टी निर्माणको प्रश्न छ, यो सिंढी जस्तै छ । यदि सिंढी बनाउने हो भने सबैभन्दा पिधलाई प्राथमिकता दिएर पिंधबाट क्रमशः थाल्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै