कुल देउतालाई बलि दिन भन्दै सल्यानमा मामाले गरे भान्जाको हत्या -
Comments Add Comment

कुल देउतालाई बलि दिन भन्दै सल्यानमा मामाले गरे भान्जाको हत्या

०२ माघ , काठमाडौं । सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली दिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए ।

मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’

मृतक भान्जा र मामाको घर नजिकै पर्छ । आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए । मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताए । आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds