पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की -
Comments Add Comment

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

३ माघ , काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् ।

आज स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् । उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् ।

राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै