ललितपुर प्रहरी परिसरको जिम्मेवारी सम्हाले एसएसपी सिद्धिबिक्रम शाहले -
Comments Add Comment

ललितपुर प्रहरी परिसरको जिम्मेवारी सम्हाले एसएसपी सिद्धिबिक्रम शाहले

काठमाडौं , प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिबिक्रम शाहले जिल्ला प्रहरी कार्यालय ललितपुर प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

हिजो मंगलबार उनले ललितपुर प्रहरी परिसरमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देहीमा कार्यरत रहेका सिद्धिबिक्रम शाहलाई गृह मन्त्रालयले गत बिहीबार ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।

प्रहरी संगठनमा राम्रो छबि बनाउन सफल एसएसपी सिद्धिबिक्रम शाहले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नुभई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरमा हाजिर भए पश्चात एसएसपी सिद्धिबिक्रम शाहले ललितपुर परिसर तथा मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds