आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न डीआईजी कुँवरको निर्देशन -
Comments Add Comment

आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न डीआईजी कुँवरको निर्देशन

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डीआईजी बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय बाराको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन गर्नुभएको छ ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै डीआईजी कुँवरले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उहाँले निर्देशन गर्नुभएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डिआइजी बसन्त कुवरले उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले डीआईज कुँवर समक्ष बारा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds