Comments Add Comment

Advertisment

SKIP THIS

जमुनाहमा बालमैत्री परामर्श केन्द्र भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न

१३ माघ , काठमाडौ । शक्ति समूह नेपालगंजको समन्वय र सहकार्य तथा ओ.यु.आर. को आर्थिक सहयोगमा असुरक्षित रुपमा सीमापार भई बेचबिखनको जोखिममा पर्नसक्ने बालबालिकाहरुलाई परामर्श दिने हेतुले इलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा निर्माण गरिएको बालमैत्री परामर्श केन्द्रको भवन र कानूनी विवादमा परेका बालबालिकाहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा निर्मित बाल निगरानी कक्षको माघ १३ गते एक कार्याक्रमका बिच हस्तान्तरण गरिएको छ ।

उक्त आयोजित कार्यक्रम शक्ति समूहकी सस्थापक चरिमाया तामाङ्को अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथिको रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बिशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर लगातय जिल्ला सराकरी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारी, ओ।यु।आर। का प्रतिनिधिहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मी, समाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय भद्र भलाद्‌मीहरुको उपस्थिति रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सइ पुर्ण बिकले जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै