Comments Add Comment

ट्राफिक प्रहरीद्वारा शहरी क्षेत्रमा अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई कारबाही

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् ।

२०७४ वैशाख १ गते देखि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै