Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोका कारण सडक अवरुद्ध

२९ भाद्र , काठमाडौँ । लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

लमजुङको बेँसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडस्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध

पहिरोको कारण सडक अवरुद्ध

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

Advertisment

छुटाउनुभयो कि? सबै