पाल्पामा गठबन्धनबीच स्थानीय तहमा मिल्यो भागवण्डा -
Comments Add Comment

पाल्पामा गठबन्धनबीच स्थानीय तहमा मिल्यो भागवण्डा

१० बैशाख , काठमाडौं । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा भागवण्डा मिलेको छ । शनिबार गठबन्धनका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार दिनेबारे सहमति भएको हो । जसअनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले दुई वटा प्रमुख र तीन वटाको उपप्रमुखमा उम्मेदवार पाएको छ भने नेकपा एकीकृत समाजवादीले दुई पालिका प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएको छ ।

सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिका प्रमुखको उम्मेदवार पाउने भएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै