Comments Add Comment

Advertisment

SKIP THIS

‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ को घोषणा

३ साउन , काठमाडौँ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशि सहितको दुई वटा रियालिटी सो आयोजना हुने भएको छ । काठमाडौँमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराएका छन् ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा सो आयोजना गरिने अधिकारीले बताए । ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’ को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो सोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको बताएको छ ।

यो सोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगस्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यीबाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ ।

फेब्रुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याइने छ ।आयोजित कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायक भुवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, कार्यक्रम होस्ट सुशिल नेपाल, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मानित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै