३० जेठ , काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार माछापोखरीमा बर्षादको समयमा बजारभित्र सम्बन्धित निकाएद्वारा पानीको निकास राम्रोसँग नगरिएको र पानी जम्मा भइ सामान बिक्री बितरण गर्न कठीनाई भएको भन्दै महिनौदेखि सो निर्माण कार्य सुचारु नभएसम्म उक्त बजार क्षेत्र बन्द गरिएको छ ।
एकातिर बजार बन्द गर्दा तरकारी तथा फलफुल बेच्ने स्वयम् बिक्रेता तथा उपभोक्तालाई मार परेको छ भने अर्कोतिर स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारद्वारा ओझेलमा पारिएको माछापोखरीको सडक आवत जावत आवागमन क्षेत्रमा जथाभावी तरकारी तथा फलफुल बेच्न राखिनाले यात्रुहरु घन्टौं जाम कुर्न बाध्य छन । यस्तै किनवेचको भिडले गर्दा पैदल यात्रीहरुलेसमेत हिड्ने बाटो नपाएर अनेक सास्ती बेहोर्न बाध्य पारिएको छ भने भिडमा पाकेटमाराको ब्यपार पनि त्यत्तिकै फस्टाएको छ ! यो बिकराल समस्या हुनुभन्दा पहिला पनि बजार भित्र निश्चित ब्यक्तिहरुले सामान बेच्न राख्दा अन्य खुद्रा ब्यपारीहरु तथा उपभोक्ताले बाहिर सडकमा तरकारी तथा फलफुल किनवेचमा भिड गर्दथे भने अहिले झन भित्रका ब्यपारीसमेत बाहिर सडकमा ब्यपार गर्न थालेपछि बिहान चार बजेदेखि नौ बजेसम्म र बेलुका पांच बजेदेखि सडकको भिडले आवागमनमा ज्यादै नै असहज वातावरण पैदा भएको छ ।
बिहान र बेलुकाको कार्यालय जाने आउने समयमा भएको त्यो अत्यधिक भिडले सडक जाम भएर सर्वसाधारण जनतालेसमेत पैदल हिड्न सास्ती भोग्नु परेको छ । यस समस्याको समाधानको लागि पहिला पनि सरोकारवाला निकाएको मौनताले हो या ब्यपारीहरुको लापरवाहीपन । पहल हुँदाहुँदै पनि समस्या जस्ताको तस्तै भएकोले यस सम्बन्धमा सम्बन्धित निकाएको ध्यान जावस !



