काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ का ४७ वर्षीय श्यामबाबु बराकोटी छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले धादिङबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बराकोटीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका गौतम मिश्रले जानकारी दिए ।
उनले भिजिट भिसामा कुवेत पुर्याएर बेचबिखन गरेकोको आरोप लागेको छ । उनले २०७९ माघ २५ गते एक व्यक्तिलाई कुवेत पूर्याएका थिए ।
कुवेत पुर्याएपछि कागजात नियन्त्रणमा लिएर श्रीलंकन एजेन्टलाई जिम्मा लगाएको पाइएको छ । त्यसपछि ती व्यक्तिलाई बन्धक बनाएर राखिएकोमा र नेपाल फर्कन समेत मानव तस्करलाई ५ लाख बुझाउनु परेको भन्दैपीडितले प्रहरीमा जाहेरी दिएका थिए ।