१ असार , काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेले आगामी वर्षको बजेट घोषणा गर्दै प्राङ्गरिक मलको प्रोत्साहनका लागि उक्त बजेट छुट्याएको घोषणा गरे ।



