अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावी जाने भएका छन् ।
आगामी मंगलबार देखि बिहिवारसम्म आबुधावीमा हुने इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन महानिरीक्षक सिंह सोमबार बिहान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा आर्थिक अपराध, साइबर अपराध, आतंकबाद र मानव बेचबिखन नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ । इन्टरपोलमा आवद्ध एसियाली देशका प्रहरी प्रमुखहरु कार्यक्रममा सहभागी हुने हुनेछन् ।
यो भ्रमणपछि महानिरीक्षक सिंह भारतको हैदराबाद जाने कार्यक्रम रहेको छ ।
भारत हैदराबादको नेशनल पुलिस एकेडेमीमा आयोजना हुने इण्डियन पुलिस सर्विस (आइपीएस) अफिसरहरुको दिक्षान्त समारोहमा महानिरीक्षक सिंह सहभागी हुनेछन् ।
एशियाकै उत्कृष्टमध्ये एक यस प्रहरी प्रशिक्षणमा नेपालका तर्फबाट समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत सहभागि रहेका छन् ।







