Comments Add Comment

Advertisment

SKIP THIS

कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्न डिआईजी अशोक सिंहको निर्देशन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले मातहत अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय तथा मातहतका कार्यालय प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुखलगायतलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका हुन्।

डिआईजी अशोक सिंहले प्रहरी संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

डिआईजी सिंहले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतिहरुको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउँदै सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी अशोक सिंहले संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीहरुले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने चर्चा गर्दै संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्न निर्देशन समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै