Comments Add Comment

Advertisment

SKIP THIS

जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित ३ जना युवक पक्राउ

भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत बाँके बाट नेपाली ३ युवक ५० ग्राम ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम् सानो भेरी न पा १० बस्ने २८ वर्षीयको तिलक डाँगी ५ बस्ने बर्ष ३५ बिनोद कुमार गौतम बस्ने बर्ष ३३ को सोनीराम केसि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षकका अनुसार ३जान रुकुमबाट नेपालगन्ज आउदै गर्दा चेकजाँच गर्ने क्रममा ज्याकेटको खल्ती भित्रबाट ५० ग्रामको ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका तिनजनालाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने कानुनी सजाय हदैसम्मको हुने प्रहरी उपरीक्षकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै