२९ माघ , काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।
शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका डा। जनिथलाल सिंह माथि कटपिट गरेको विरोधमा सङ्घले आज९आइतबार०का लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरू बन्दको आह्वान गरेको छ ।
शुक्रबार राष्ट्रपति विद्या देवि भण्डारी संघिय संसदलाई सम्बोधन गर्न जाने क्रममा वीर अस्पतालबाट ट्रमा सेन्टर जाने क्रममा प्रहरीले कुटपिट गरेको थियो । उक्त घटनामा प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा। समीर कुमार अधिकारीले शनिबार राति विज्ञप्ति जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक सङ्घसँग आग्रह गरेका छन्।







