कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको ट्राफिक जिम्मेवारी सम्हालेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जिल्लामा ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा लागेको बताएका छन ।

इन्स्पेक्टर वीरेन्द्र जोहारीले जिल्लाको विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै छौं । सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको बताए ।

उनले कैलाली जिल्लामा ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता दिने ट्राफिक नियमको कडाई गर्ने बताएका छन । साथै ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने सवारी चालक हरुलाई कारवाही गर्ने बताएका छन् ।

इन्स्पेक्टर जोहारीले जिल्लामा सडक दुर्घटना हुदा धेरैकाे ज्यान जाने गरेकाे र यसको न्युनिकरण कार्यमा लागेकाे उनले बताएका छन । ट्राफिक सचेतनाकाे कमि,चालककाे लापरबाही र सडकका कारण सवारी दुर्घटना हुने हुदा हरेक जनचेतनामूलक कार्यक्रम गरेको बताएका छन ।
ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी जिल्लाको मुख्य बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए ।

इन्स्पेक्टर जोहारीले जिल्लाकाे ट्राफिक प्रमुखकाे जिम्मेवारीमा आएदेखि विभिन्न ट्राफिक सचेतनाको कार्यक्रमहरु सुरु गर्नुको साथै शन्देशमुलक ब्यानर राखेर दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालकलाई सचेत बनाई जिम्मेवारी बोध गराउन कार्यक्रम भईरहेकाे बताए ।







